ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ को सूचीमा

२०७७ असोज, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५  ओटा होटल व्यवसायीको सूचीमा राखेको हो ।

ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्‍याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा उनी परेका हुन् । उनले चौधरी ग्रुप (सीजी) को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य पनि हुन् ।

‘होटेलियर’ ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ ओटा प्रभावशाली व्यवसायीको सूचि निकालेको हो । उनी सन् २०१८ र २०१९ को सूचीमा पनि थिए । 

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजीकर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको रुपमा पनि कार्य गर्दै आएका छन् ।

 होल्डिङ्सले भारतलगायतदर्जन मुलुकमा सेवाविस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंकहोटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी तथा लगानी रहेको छ ।
होल्डिङ्सले १२ ओटा मुलुकका ९४ ओटा गन्तव्यमा १३५ होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्