ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

२०७७ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं  । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा आइतवार पहिलो दिनमा मागभन्दा बढी आवेदन परेको छ । 

विक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा साँझ ५ बजेसम्म ९७ हजार १७० जना आवेदकले करीब साढे ३२ लाख ४४ हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको  छ।

उक्त आवेदन कम्पनीले  सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ताभन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो  । उक्त कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकोले आगामी असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयरमा आवेदन गर्नेको चाप विहानै देखि बढेपछि मेरो शेयरमा दिनभर समस्या देखिएको थियो । 

यो  पनि हेर्नुस् :
जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ विक्री खुला

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्