ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४० मेवा क्षमताको माथिल्लो चमेलियामा ५ अर्ब १८ करोड लगानी गर्न भयो सम्झौता     

२०७७ असोज, ११  
समाचार
Image Not Found

असोज ११, काठमाडौं । दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले  रू.५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् ।

बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतवार आयोजनाको प्रवर्द्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।  कुल ४० मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रू.७ अर्ब ४० करोड रहेको छ ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाले रू.५ अर्ब १८ करोड लगानी गर्ने छन् भने रू.२ अर्ब २२ करोड भने प्रवर्द्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ । आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन् । 

कम्पनीले ८ दशमलव ५ मेगावाट क्षेमताको नौगडगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विसं २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।     

यस्तै कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना विसं २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो । दुवै आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ । 

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रू. २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्