ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ रेमिटको सेवा अब अस्ट्रेलियाबाट पनि

२०७७ असोज, १२  
बजार
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकको रेमिट मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अस्ट्रेलिया बस्ने नेपालीहरुले त्यहाँ रहेको मुक्तिनाथ रेमिट अस्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् । साथै, अस्ट्रेलियाबाट पठाएको पैसा नेपालमा रहेका मुक्तिनाथ रेमिटका ४ हजारभन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिनेछ । कोरोना संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको  बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्