ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ह्यात रिजेन्सीले मनायो वार्षिकोत्सव

२०७७ असोज, १२  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । पाँचतारे ह्यात रिजेन्सी २१ औं वर्ष प्रवेश गरेको छ । ११ असोज ०५७ मा सञ्चालनमा आएको होटलले आइतबार वार्षिकोत्सव मनाएको हो ।

होटलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका स्वर्गीय राष्ट्रपति प्रणव मुखर्जी, अमेरिकी विदेशमन्त्री कोलिन पावेल, बर्मेली राजनीतिज्ञ आङ साङ सुकी, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसहित विश्वभरका विभिन्न राष्ट्रप्रमुख र तथा विशिष्ट व्यक्तिहरूलाई सेवा दिएको बताएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय यात्रा अवार्ड, ट्रिप एड्भाइजरी, साटा, होटल्सडटकम, बुकिङडटकम, वल्र्ड एचआरडी कंग्रेस, मेकमाई ट्रिप, आगोडाडटकम, लक्जरी ट्राभल गाइडलगायत विविध पुरस्कारले सम्मानित भएको छ ।

स्थानीय स्तरमा नेपाल सरकारले ह्यातलाई २०१६–१७ मा सर्वाधिक कर तिर्ने होटलको रूपमा सम्मानित गरेको थियो ।

स्थानीय समुदायलाई टेवा दिन होटलले बुद्धिष्ट चाइल्ड होम, गार्गी कन्या स्कुललगायत विविध गैरनाफामूलक संस्थालाई सहयोग गरेको छ भने विविध सामाजिक गतिविधिमा सहभागिता जनाउने गरेको छ । ५ वर्षमा होटलमा गैरआवासीय नेपाली संघ, सार्क र बिमस्टेकजस्ता संगठनको भेला आयोजनासमेत गरिएको होटलले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्