ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल बैंकको ‘नबिल फोन लोन’ सुविधा

२०७७ असोज, १२  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिन सकिने सुविधा सुरु गरेको छ । सुविधापछि तलबी खातावाहक ग्राहकले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले यो सुविधा एफवान सफ्ट  इन्टरनेसनल प्रालिको सहकार्यमा ल्याएको हो । यो सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ बाट खातामा ऋण
उपलब्ध गराइनेछ ।

सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्नेछ भने यस्तो ऋण छोटो अवधिका लागि उपलब्ध रहने बैंकले बताएको छ ।

बैंकका अनुसार कन्ट्याक लेस डिजिटल लेन्डिंग एक्सपेरियन्स ऋण लिन चाहने ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रियाबिनै आफ्नो स्मार्ट बैंक एप प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् ।

इन्स्टान्ट लोनका लागि बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्नेछ । बिनाधितो ऋण लिन ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै अतिरिक्त धितो आवश्यक पर्ने छैन ।

योजनाअन्तर्गत १ लाखसम्म ऋणको सुविधा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बताए । हाल बैंकले १ सय १९ शाखा तथा १ सय ८४ वटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्