ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई मुद्दती खाता’ योजना

२०७७ असोज, १२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

मेरी उनीलाई’ मुद्दति योजनाले महिलाका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

१ लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउनेछ भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरे ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्