ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नयाँ यामाहा रे जेडआर १२५ एफआई भर्चुअल माध्यमबाट सार्वजनिक

२०७७ असोज, १२  
बजार
Image Not Found

काठमाडौं (अस) । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक भर्चुअल माध्यममार्फत सो स्कुटर सार्वजनिक गरेको हो । उक्त प्रडक्ट सार्वजनिक कार्यक्रम यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भएको थियो । यसलाई १ लाखभन्दा बढीले हेरेको कम्पनीले जनाएको छ ।

कार्यक्रम प्रत्यक्ष हेर्ने एक जना विजेताको नामसमेत घोषणा गरिएको थियो । प्रडक्ट लञ्च कार्यक्रममा भर्चुुअल रूपमा सहभागी हुन करिब ५० हजारले यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएको कम्पनीले बताएको छ ।

स्कुटरमा १२५ सिसीको बीएस ६ कम्प्ल्यान्स यामाहा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन जडान गरिएको छ । नयाँ एलईडी लाइट, नयाँ डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक सुविधा यो स्कुटरमा रहेका  छन् । एमएडब्लु यामाहा टु–ह्वीलर डिभिजनका सीईओ चिरञ्जीवी शाहले रे जेडआर १२५ एफआईको लन्च भर्चुुअल माध्यमबाट गरी ग्राहकलाई घरमै बसेर सुरक्षित रूपमा नयाँ उत्पादनबारे जानकारी दिइएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्