ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ असोज, १२  
प्रदेश ०५
NA

पाल्पा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहयोगमा कोरोना परीक्षण गर्न चाहिने स्वास्थ्य सामग्री पाल्पा अस्पताललाई प्रदान गरिएको छ । पाल्पाको काजीपौवामा सञ्चालन हुन गइरहेको पिसीआर प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । भिटीए ९०० पिस, आरटी र पिसीआर किट ३३४, एनएइई किट ३३४, गाउन ५० थान, सुकभर ५० जोर, पञ्जा ३३ जोर, चश्मा २० थान, एन–९५ मास्क ५० थान सामग्री हस्तान्तरण गरिएको हो । उनले भौतिक पूर्वाधारबिना पनि पाल्पामा प्रयोगशाला सञ्चालन गर्ने अनुमति अस्पतालले प्राप्त गरेको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्