ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बजार अनुगमन गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

२०७७ असोज, १२  
प्रदेश ०२
NA

रौतहट (अस) । रौतहटमा बजार अनुगमन गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ । दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा भएको चर्को मूल्यवृद्धि र कालोबजारीप्रति ध्यानाकर्षण भएको भन्दै मञ्चले आइतवार एक प्रेस विज्ञप्ति निकालेर बजार अनुगमनको माग गरेको हो ।

रौतहटका बजारमा हरियो तरकारी, फलफूल, दुग्ध पदार्थ, माछामासु लगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि तथा कालोबजारी बढेको गुनासो आएपछि बजार अनुगमन गर्न माग गरिएको उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला कार्य समिति रौतहटका अध्यक्ष टीका घिमिरेले जानकारी दिए । बजार सहज हुँदै गएको अवस्थामा पनि कृत्रिम अभाव देखाउँदै कतिपय व्यापारी तथा व्यवसायीले चर्को मूल्यवृद्धि, मिसावट, तौलमा अनियमितता, म्याद नाघेका तथा सडेगलेका सामान विक्री गर्दै ठगी गर्ने गरेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उनले बताए ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेका उपभोक्ताका मौलिक अधिकार विरुद्ध भइरहेको ठगी तथा कालोबजारी रोक्न उनले माग गरे । दशैं लगायत चाडपर्व नजिकिँदै गरेको अवस्थामा सरोकारवाला निकायबाट बजार अनुगमन कार्य तत्काल अघि बढाउन मञ्चले माग गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्