ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सोमवार पहिलो घण्टामा १.६३ अंकले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट) 

२०७७ असोज, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । सोमवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेर १ हजार ५६७ दशमलव १८ विन्दुमा पुगेको छ । १ हजार ५६६ दशमलव ४४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव १० प्रतिशत बढेको हो ।

पहिलो घण्टाको अवधिमा १७५ ओटा कम्पनीको ७ हजार ६२६ पटकको कारोबारमा १६ लाख ७८ हजार १०६ कित्ता शेयरको रू. ३६ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म युनाइटेड फाइनान्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २५६ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा नेपाल फइनान्सको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत बढेर प्रतिकित्ता रू. २३९ कायम भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रहेको छ । बैंकिङ, विकास बैंक, होटल्स, वित्त, निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने व्यापार, जलविद्युत, अन्य, लघुवित्त जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्