ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो घण्टामा १.४० अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक वृद्धि (१ बजेको अपडेट) 

२०७७ असोज, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । सोमवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक १ दशमलव ४० अंकले घटेर १ हजार ५६४ दशमलव १५ विन्दुमा पुगेको छ । 

१ हजार ५६६ दशमलव ४४ विन्दुबाट शुरु भएको बजार कारोबारको १८ मिनेटमा बढेर १ हजार ५६९ दशमलव ३१ विन्दुसम्म पुगेको थियो सो पछि ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा शून्य दशमलव १० प्रतिशत घटेको हो ।

दोस्रो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको १५ हजार ६५१ पटकको कारोबारमा ३३ लाख ६१ हजार ८५२ कित्ता शेयरको रू. ७७ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बैंकिङ, व्यापार, होटल्स, जलविद्युत, लघुवित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

कारोबारको दोस्रो घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत बढेर प्रतिकित्ता रू. २३९ कायम भएको छ । 

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १९६ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा युनाइटेड फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २५३ मा रू. ३ करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्