ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४.७३ अंक घट्यो शेयर बजार, १ अर्ब ६९ करोडभन्दा बढीको कारोबार 

२०७७ असोज, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । शेयर बजार सोमवार ४ दशमलव ७३ अंक घटेर बन्द भएको छ । आइतवार ४ दशमलव २९ अंक बढेर बजार १ हजार ५६५ दशमलव ५६ विन्दुमा बन्द भएको थियो । 

सोमवार १ हजार ५६६ दशमलव ४४ विन्दुदेखि खुलेको बजार अन्तिममा १ हजार ५६० दशमलव ८३ विन्दुमा गएर बन्द भएको हो ।यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८७ अंक घटेर ३०९ द शमलव ६० विन्दुमा झरेको छ । सोमवार कारोबारको एक घण्टाको अवधिसम्म बढेको बजार त्यसपछि भने घटेको हो । यस दिन बजार १ हजार ५६९ दशमलव ३१ विन्दुसम्म पुगेको थियो । 

बुधवारदेखि बढेको बजारबाट सोमवार भने लगानीकर्ताहरुले नाफा बुक गर्दा बजार घटेको हो । यस दिन कारोबार रकम पनि आइतवारको भन्दा कम भएको छ । सोमवार १९१ ओटाकम्पनीको ३० हजार ५९६ पटकको व्यापारमा रू.१ अर्ब ६९ करोड १ लाख ५४ हजार बराबरको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर कारोबार भएको छ । आइतवार रू.३ अर्ब १३ करोड ८२ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको थियो ।

सोमवार १२ ओटा समुहगत परिसूचकमा वित्त समूहको १ दशमलव ४९ प्रतिशत र विकास बैंकको शून्य दशमलव १२ प्रतिशत बढेको छ भने बाँकी समुहको घटेको छ । यस दिन व्यापारिक समुहको सर्वाधिक १ दशमलव ३५ प्रतिशतले परिसूचक घटेको हो ।

त्यस्तै होटल समुहको १ दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६५ प्रतिशत, अन्यको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशत परिसूचक घटेको हो ।

सोमवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ३२ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको सोमवार ६ करोड ४० लाख ३३ हजार बराबरको शेयर कारोबार भएको हो ।

यस दिन दुई ओटा फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ८ दशमलव ११ प्रतिशत बढेको हो । 
यो दिन पाँचथर पावरको शेयरमूल्य सर्वाधिक ५ दशमव १७ प्रतिशतले घटेको छ । सर्वाधिक प्रतिशतले घटेको उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू.१६५ कायम भएको हो । सोमवार पाँचथर पावरको शेयरमूल्य प्रतिकित्ता ९ रूपैयाँले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्