ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल फाइनान्सको शेयर मूल्य ९.६३ % वृद्धि, मूल्य वृद्धि हुनेमा अधिकांश वित्त कम्पनी

२०७७ असोज, १२  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं ।  नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य सोमवार ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३९ पुगेको हो । विक्रेताभन्दा क्रेता बढेसँगै कम्पनीको शेयर मूल्यमा वृद्धि भएको हो । सोमवार अधिकांश फाइनान्स कम्पनी(वित्त कम्पनीहरु) को शेयर मूल्यमा वृद्धि भएको छ । शेयर मूल्यमा वृद्धि भएसँगै फाइनान्स कम्पनीको परिसूचक १ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।

सेन्ट्रल फाइनान्सको शेयर मूल्य ८ दशमलव ११ प्रतिशत, रिलायन्स फाइनान्स कम्पनीको शेयर मूल्य ७ दशमलव ६४ प्रतिशत,युनाइटेड फाइनान्सको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशत र प्रोग्रेशिभ फाइनान्स कम्पनीको शेयर मूल्य ४ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ । 

यसरी हेर्दा लगानीकर्ताहरु फाइनान्स कम्पनीका शेयरतर्फ आर्कषण बढेको स्पष्ट देख्न सकिन्छ । पछिल्लो समयमा कतिपय फाइनान्स कम्पनीको शेयरमा ती कम्पनीहरु मर्जरमा जान लागेको खवर आएपछि शेयर मूल्य वृद्धि भएको देखिन्छ ।  

आधिकारीक रुपमा सूचना नआइकन  मर्जरको हल्ला चलाएर सोझा लगानीकर्तालाई आकर्षित गर्न शेयर मूल्य वृद्धि गराइएको एक लगानीकर्ताले बताएका छन् । ती लगानीकर्ताका अनुसार यस्ता अपुष्ट खवरले सोझा लगानीकर्ता फस्न सक्ने सम्भावना निकै नै रहेको छ ।

उनका अनुसार नियामक निकायले शेयर बजारमा हुने यस्ता किसिमका सूचना चुहावटलाई सुक्ष्म रुपमा अध्ययन नगर्ने हो भने खासगरी साना लगानीकर्ताहरु फस्न सक्दछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्