ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

२०७७ असोज, १२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १२, पेरिस । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेको छ । 

कुल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करीब ७६ लाख ७० हजार सक्रिय संक्रमित रहेका छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार ७०२ संक्रमित भएका छन् भने यहाँ ९५ हजार ५७४ जनाको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करीब ४७ लाखभन्दा बढी व्यक्ति संक्रमित भएकोमा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्