ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्सको आईपीओमा ५.३४ गुणा बढी आवेदन

२०७७ असोज, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । जनरल इन्स्योरेन्स नेपालको आईपीओमा सोमवार साँझसम्ममा ५ दशमलव ३४ गुणा बढी आवेदन परेको छ ।

५ लाख १७ हजार ६१३ जनाले १ करोड ४७ लाख १५ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन्  ।विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार रू.१ अर्ब ४५ करोड ७८ लाख ७६ हजार बराबरको आवेदन परेको हो ।

दोस्रो दिनमा मात्रै ४ लाख जनाभन्दा बढीले कम्पनीको आईपीओमा आवेदन दिएका छन् । पहिलो दिनभने १ लाख जना आवेदकले कम्पनीको आईपीओ भरेका थिए ।
सर्वसाधारणको लागि विक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ५ दशमलव ३९ गुणा बढी आवेदन हो ।

 उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले आगामी असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

यो पनि हेर्नुस् :

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ विक्री खुला

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्