ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्रम्पले आयकर बापत तिरे जम्मा ७५० डलर 

२०७७ असोज, १२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १२, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आयकर बापत जम्मा ७५० डलर तिरेका छन् । 

राष्ट्रपतीय उम्मेदवार बनेर निर्वाचनमा जित हात पार्दै ह्वाइट हाउस छिरेको पहिलो वर्ष अर्थात् सन् २०१६ मा उनले करबापत सो रकम मात्रै तिरेको भन्दै द न्यू योर्क टाइम्स पत्रिकाले समाचार छापेको छ । 

विगत १५ वर्षमध्ये १० वर्षमा ट्रम्प र उनको कम्पनीहरुले आय कर नै नतिरेको आरोपसमेत पत्रिकाले लगाएको छ । आफूले ट्रम्प र उनको कम्पनीहरूको दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको न्यूयोर्क टाइम्सले बताएको छ । 

ती अभिलेखले निरन्तरको घाटा र वर्षौंको कर छलीलाई उजागर गरेकोसमेत पत्रिकाको भनाइ छ । तर ट्रम्पले उक्त समाचारलाई झुठो मिथ्या समाचार भनेका छन् ।

‘मैले कर तिरेको छु । मेरो कर भुक्तानीसम्बन्धी विवरण आउने बित्तिकै तपाईंले त्यो देख्न सक्नुहुन्छ, त्यसको अहिले लेखा परीक्षण भइरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि परीक्षणमा छन्’, आइतवार न्यूयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने । 

‘आन्तरिक राजस्व सेवा (आईआरएस) ले मलाई राम्रो व्यवहार गर्दैन, उनीहरु मलाई नराम्रो व्यवहार गर्छन्, आईआरएसमा त्यस्ता मान्छेहरू छन् जसले मलाई एकदमै नराम्रो व्यवहार गर्छन,’ उनले भने । ट्रम्पले आफ्नो सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्न मानेका छैनन् । 

यस विषयमा उनले विभिन्न कानूनी चुनौतीहरूको सामना पनि गरेका छन् । उनी कर विवरण सार्वजनिक नगर्ने सन् १९७० यताका पहिलो राष्ट्रपति हुन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्