ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबी बैंक कार्बन लेखा वित्तीय साझेदार सञ्चालकमा नियुक्त

२०७७ असोज, १३  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबी बैंक कार्बन लेखा वित्तीय साझेदार (पीसीएएफ) को सञ्चालक समितिमा प्रतिनिधि नियुक्त भएको छ । नेट जेरो एसेट वन अलायन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा नेपालबाट एनएमबी बैंकलाई समावेश गरेको हो ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । यसले वित्तीय संस्थाहरूको कर्जा÷लगानीसँग सम्बन्धित ग्रिनहाउस ग्यास उत्सर्जनको आकलन गर्न दृष्टिकोणको विकास र कार्यान्वयनमा  सहकार्य गर्दछ । पीसीएफको सञ्चालक समितिको हिस्सा हुन पाएकामा गौरव महसुस भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

पीसीएफको साझेदारी सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको थियो । हाल यसमा ७५ बैंक र लगानीकर्ता सदस्यका रुपमा रहेका छन् । पीसीएफका सदस्यमा हालै दक्षिण अफ्रिकाको इन्भेस्टेक, ब्राजिलको बान्को ब्राडेस्को, कोलम्बियाको ग्रुपो बानकोलम्बिया, नाइजेरियाको एक्सेस बैंक, अमेरिकाको मोर्गन स्ट्यान्ली, सिटीगु्रप, बैंक अफ अमेरिका, नेदरल्यान्डको  एनएन समूह र डेनमार्कको डान्सके बैंक समाविष्ट भएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्