ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कियाको ‘बिगेस्ट सरप्राइज अफ द इयर’

२०७७ असोज, १३  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि कोरियाली अटो निर्माता कम्पनी कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना ल्याएको छ ।

यस  योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा ४  लाख रुपैयाँसम्मको छूट पाउन सकिने कम्पनीले बताएको छ । योजना कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडीमा लागू हुनेछ । चाडपर्वलाई लक्षित गरेर कम्पनीले डिस्काउन्टबाहेक अन्य सुविधा पनि दिएको छ । योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् ।

यस अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ । यस योजनाअन्तर्गत दिइएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्