ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रहरी खटनपटनमा संघ र प्रदेश २ बीच टकराव

२०७७ असोज, १३  
प्रदेश ०२
NA
author avatar कमलेश ठाकुर

जनकपुरधाम । प्रदेश प्रहरी खटनपटनमा व्यवस्थापन र समन्वय अभावले संघीय र प्रदेश सरकारबीच टकराव सिर्जना भएको छ ।

प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य सञ्चालन, सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, ०७६ कार्यान्वयनमा संघीय सरकारले बेवास्ता गरेपछि संघ र प्रदेशबीच टकराव देखिएको हो ।

प्रदेशमा अपराधिक क्रियाकलाप न्यूनीकरण सरकारले तदारुकता देखाए पनि संघ सरकारले सहयोग नगरेको उनको गुनासो छ ।

प्रदेश प्रहरी ऐन बनेको आठ महिना बित्दा पनि संघीय सरकारको बेवास्ताले कार्यान्वयनमा ढिलाइ भएको मुख्यमन्त्री राउतले बताए  ।

‘ऐन कार्यान्वयन गर्न मौखिक रुपमा पटक–पटक ताकेता गरे पनि संघीय सरकारले चासो दिएन’, उनले भने ।

प्रदेश सरकारले संघीय सरकारका गृहमन्त्रीलाई एक साताको अल्टिमेटम दिँदै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको छ ।

‘हामी ऐन कार्यान्वयन गर्न सर्वाेच्चमा जानुको विकल्प रहँदैन,’ राउतले भने, ‘त्यसैले एक साताभित्रै प्रहरी परिचालन, खटनपटन प्रदेश सरकारमार्फत गराउन पुनः अनुरोध गर्दै पत्र पठाएका हौं ।’

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले शुक्रबार औपचारिक रुपमै पत्र लेखेका थिए ।

उक्त पत्रमा कानुनसम्मत प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने उल्लेख छ । तर, व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी नभएको र परिचालन तथा खटनपटनमा समन्वय नभएको उनले दाबी गरेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्