ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेनेली मोटरसाइकलको दसैं–तिहार छुट अफर

२०७७ असोज, १३  
बजार
Image Not Found

काठमाडौं (अस) । इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेत केटीएम इन्टरनेसनल ट्रेडिङले दसैं–तिहार छुट अफर ल्याएको छ । कम्पनीले टीएनटी १५० आई र टीएनटी१५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीन वटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ । हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्यांकन दिइने कम्पनीले जनाएको छ ।

नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ । हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्यांकन, नगद अफरमा हरेक बिक्रीमा ८ हजार नगद छुट र शून्य प्रतिशत ब्याजमा भने २ वर्षसम्म ब्याज लिइने छैन । यसबाहेक एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी पाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्