ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्र 

२०७७ असोज, १३  
गण्डकी प्रदेश
Image Not Found

असोज १३, तनहुँ । तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्गमा करीब २३ वर्षपछि कालोपत्र गरिएको छ । उक्त मार्गअन्तर्गत व्यासनगरपालिका–१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्र गरिएको हो । 

विसं २०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्र गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ । 

नगरपालिकाको रू. ११ लाख र जनसहभागिता लागत रू. पाँच लाख गरी रू. १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्र गरिएको पुरानो छाब्दीमार्ग कालोपत्र निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए ।

उक्त बजेटमार्फत करीब ३०० मिटर सडक कालोपत्र गर्नुका साथै १२ मिटर लम्बाइ आरसिसी ढलान गरी पानी कटाउने नालासमेत निर्माण सम्पन्न गरिएको उनले बताए । 

पुरानो सडक मार्गको रूपमा परिचित उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या त्यसक्षेत्रका बासिन्दा तथा यात्रुहरुले भोग्नुपरेको थियो । 

पृथ्वी राजमार्गको बुल्दी खोलादेखि चारकुनेसम्मको करीब डेढ किलोमिटर दूरीमध्ये गत वर्ष ४०० मिटर सडक कालोपत्र गरिएको थियो । उक्त सडकअन्तर्गत कालोपत्र गर्न बाँकी रहेको करीब ६०० मिटर सडक मार्गमा भने यसअघि नै ग्राबेल गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्