ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७.२१ अंक घट्यो शेयर बजार, जलविद्युत् कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाए

२०७७ असोज, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १३, काठमाडौं । शेयर बजार मंगलवार ७ दशमलव २१ अंक घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा झरेको छ । सोमवारदेखि घटेको बजारले मंगलवार पनि निरन्तरता पाएको छ ।

यस दिन ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ७९ अंक घटेर ३०७ दशमलव ८२ विन्दुमा झरेको छ । 

सोमवार ४ दशमलव ७३ अंक घटेर १ हजार ५६० दशमलव ८३ विन्दुमा बन्द बजार मंगलवार १ हजार ५६४ दशमलव ९३ विन्दुदेखि खुलेको थियो । यस दिन १९२ ओटा कम्पनीको ३३ हजार ९३३ पटकको व्यापारमा रू.१ अर्ब ८२ करोड ९८ लाख ७२ हजार बराबरको ७३ लाख ५ हजार १११ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन सर्वाधिक रकमको कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । उक्त कम्पनीको मंगलवार रू.१७ करोड ४१ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार गर्ने दोश्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको यो दिन रू.१० करोड ६२ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको हो ।

मंगलवार बजार बन्द हुदाँ जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन जलविद्युत् समुहको परिसूचक सर्वाधिक २ दशमलव १९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समुहको शून्य दशमलव २१ प्रतिशत बढेको छ ।

यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव २४ प्रतिशत घटेको छ । व्यापारिक समुहका लगानीकर्ताहरुले यो दिन सर्वाधिक गुमाएका छन् भने जलविद्युत समुहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । 

मंगलवार बैंकिङ समुहको शून्य दशमलव ८६ प्रतिशत, होटल समुहको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ४ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ५८ प्रतिशत, अन्यको शून्य दशमलव ४९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ४५ प्रतिशत परिसूचक घटेको छ ।

यो दिन सर्वाधिक कमाउने १० ओटा कम्पनीमध्यै नौ  ओटा जलविद्युत् कम्पनी रहेका छन् । जोशी हाइडोपावर डेभलमपेण्ट कम्पनीको शेयरमूल्य मंगलवार १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य बढ्ने १० ओटा कम्पनीमध्ये एक नेपाल फाइनान्स लिमिटेड रहेको छ ।

त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ९३ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ९० प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ९० प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ६५ प्रतिशत, पञ्चकन्या माई हाइड्रोको ९ दशमलव ६० प्रतिशत, युनियन हाइड्रोको ९ दशमलव ३८ प्रतिशत र छ्याङ्दी हाइड्रो पावरको शेयरमूल्य ९ दशमलव ३५ प्रतिशत बढेको हो ।

मंगलवार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३ दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै तीन प्रतिशतभन्दा बढी शेयरमूल्य अन्य दुई ओटा कम्पनीको पनि घटेको छ ।

रिलायन्स फाइनान्सको ३ दशमलव ५५ प्रतिशत र श्री इन्भेष्टमेण्ट फाइनान्सको शेयरमूल्य ३ दशमलव ३० प्रतिशतले घटेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्