ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो

२०७७ असोज, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १३, काठमाडौं । नेपालमा मंगलवार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४९१ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रवक्ता गौतमले कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको बताए । कुल पीसीआर परीक्षण संख्या भने १० लाख ९ हजार २९८ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ भने मंगलवारमात्रै थप ७३१ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेका छन्  ।

मन्त्रालयका अनुसार हाल होम आईसोलेशनमा १० हजार ७०७ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् ।सक्रिय संक्रमितको संख्या भने २० हजार ३९६ जना रहेको छ ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका ७४७ जना, भक्तपुर जिल्लाका ७३ जना र ललितपुर जिल्लाका ११४ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्