ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नाडेप लघुवित्तको १० % बोनश शेयरपछिको मूल्य तोकियो 

२०७७ असोज, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १३, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरपछिको मूल्य तोकिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवारको अन्तिम शेयरमूल्यलाई आधार मानेर रू.६७६  र ३६ पैसा मूल्य कायम गरेको हो । बुधवार यहि मूल्यलाई आधार मानेर उक्त कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

उक्त कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/ ७६ को लागि १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३६ करोड ८० लाखको आधारमा लाभांश प्रस्ताव गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज १४ गते बुधवार एक दिन बुक क्लोजको मिति तोकेको छ । 

कम्पनीको लाभांश असोज १३ गते मंगलवार कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र पाउनेछन् । साथै यी सदस्यहरु मात्र उक्त कम्पनीको साधारण सभामा उपस्थितिका लागि योग्य भएका छन् । 

यो पनि हेर्नुस् :

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्