ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रशिया र कोरियाबीचको व्यापार २५ अर्ब डलर नजिक

२०७७ असोज, १३  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १३, मस्को । रशिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करीब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताएका छन् । 

दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रशियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए । 

उनले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोना भाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको बताए । 

विदेश मन्त्री लाभरोभले कोरियाली प्रायः द्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रशिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए । 

सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रशियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उनले बताए ।

दक्षिण कोरिया र रशियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्