ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनमै ७ गुणा बढी आवेदन

२०७७ असोज, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १३, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलवार साँझ ५ बजेसम्म ६ लाख ८२ हजार ७७२ जना आवेदकबाट १ करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा ७ गुणा बढी हुन आउँछ । 

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । 

उक्त कम्पनीले कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

आईपीओमा आवेदन दिने अन्तिम दिन बुधवारसम्म रहेको छ । छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द हुन लागेको विक्री प्रबन्धकको भनाइ छ । 
आईपीओ विक्रीको छिटो अवधि असोज १४ र ढिलोमा असोज २५ गतेसम्म तोकिएको थियो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत घरबाट आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत भदौ २४ गते अनुमति पाएको थियो ।

हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । आईपीओ विक्री पश्चात कम्पनीमा सर्बसाधारणतर्फको ३० प्रतिशत र संस्थापकतर्फको  ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 

उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्