ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्लिन फिडको छिटो निर्णय होस्

२०७७ असोज, १४  
१० वर्ष अघि
NA

नेपाल विज्ञापन एजेन्सी संघ (आन) ले केही वर्षदखि क्लिन फिल्डको मुद्दालाई निरन्तर रूपमा उठाइरहेको छ । त्यसै क्रममा सरकारले हालै विनाविज्ञापनका विदेशी च्यानलहरू दर्ताका लागि ५० हजार तोकेको छ । हामीले खोजेको क्लिन फिड यस्तो हुँदै होइन । तर पनि सरकारले क्लिन फिडको कुरालाई सुनेको छ । र यो सरोकार राख्नुपर्ने विषय हो भनेर स्वीकार गरेको छ । त्यसैले २५–५० हजार लिने सरकारको कदमलाई आनले सकारात्मक रूपमा लिएको हो ।

क्लिन फिडको बारेमा हाम्रो माग जहिले पनि एउटै रहँदै आएको छ, नेपालीहरूले विदेशी च्यानलका कार्यक्रम हेर्न पैसा तिरेका हुन्,  विज्ञापन हेर्न होइन । विश्वको कुनै पनि देशमा अर्को देशको विज्ञापनलाई बजाउन मिल्दैन । दक्षिण एसियाकै अरू मुलुकहरूले समेत अर्काको देशको च्यानलको कार्यक्रम मात्र प्रसारण गर्न दिन्छन्,  विज्ञापन प्रसारण गर्न दिँदैनन् । त्यसैले कुनै कम्पनीले त्यो देशमा आफ्नो वस्तुको प्रचार गर्नु छ भने त्यही देशको टेलिभिजन वा सञ्चार माध्यमकम विज्ञापन गर्नैपर्छ । हाम्रो मात्रै त्यस्तो मुलुक हो जहाँ अर्को देशमा बनेको विज्ञापनलाई पनि बेरोकटोक प्रसारण गर्न दिइन्छ । आफ्नो देशमा बनेको विज्ञापन आफ्नै टेलिभिजन च्यानलबाट प्रसारण गरेर नेपाली उपभोक्ताको बीच प्रचार गर्न पाइन्छ भने भारतीय कम्पनीहरूले किन नेपाली सञ्चारमाध्यमलाई विज्ञापन दिनुपर्‍यो ?

(निर्मल पौडेलको आलेखबाट)
वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्