ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्यालयलाई मेगाको कर्जा सुविधा

२०७७ असोज, १४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडाैं (अस) ।  मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनमा आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । निजी विद्यालयलाई सस्तो ब्याजदरमा १ करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्न बैंक, प्याब्सन र एनप्याब्सनबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार सम्बद्ध विद्यालय, शिक्षक र अभिभावकले समेत विभिन्न सुविधा पाउन सक्नेछन् । सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई १ करोड रुपैयाँसम्मको कर्जा दिइने बैंकले जनाएको छ ।

बैंकले सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि व्यावसायिक कर्जा दिनेछ । अभिभावकलाई भने विशेष बचत खाता सुविधा दिइनेछ । कोभिड–१९ महामारीका कारण उत्पन्न समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत् रुपमा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो विशेष अफर ल्याइएको बैंकले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्