ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भेरी–बबई डाइभर्सनको काम ठप्प

२०७७ असोज, १४  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

सुर्खेत । स्थानीय जग्गाधनीको अवरोधले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम ठप्प भएको छ । जग्गा लिजमा उपलब्ध गराएबापत परिवारका सदस्यलाई रोजगारी माग राख्दै जग्गाधनीले आन्दोलन गरेपछि आयोजनाको काम ठप्प भएको हो ।

स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन÷रमन जेभीलाई दिएबापत १७ जनालाई रोजगारी दिनुपर्ने मागसहित काम अवरुद्ध गरिएको आन्दोलनमा सहभागी टेकबहादुर  सार्कीले बताए ।  आयोजना निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/रमन जेभीका जनसम्पर्क अधिकारी पीताम्बर सापकोटाले स्थानीयको अवरोधका कारण आयोजनाको काम रोकिएको जानकारी दिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्