ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालन

२०७७ असोज, १४  
गण्डकी प्रदेश
NA

गलेश्वर । ३ महीनादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमवारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले बताएको छ । सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार देखि नै सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरू सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । यसअघि सडक ३ महीनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरूले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षणपत्र बुझाएका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्