ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अनलाइन मार्फत कृषक वर्गीकरण गर्दै पोखरा महानगरपालिका

२०७७ असोज, १४  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कास्की । पोखरा महानगरपालिकाले अनलाइन माध्यमबाट आवेदन मागेर कृषकको वर्गीकरण गर्ने भएको छ । महानगर प्रमुख मानबहादुर जिसीले सोमवार एक कार्यक्रमका बीच अनलाइनबाट कृषक वर्गीकरण गर्ने प्रक्रियाको शुभारम्भ गरेका छन् ।

महानगरका सम्पूर्ण कृषकलाई परिचयपत्र वितरण गर्न अनलाइनमार्फत आवेदन लिन सक्नेगरी वर्गीकरण प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाले बताएको छ । महानगरपालिका प्रमुख जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न यस प्रक्रियाले सहज हुने विश्वास व्यक्त गरे ।

फारम भर्ने तरीका र यसलाई थप प्रभावकारी बनाउन कृषकलाई प्रत्यक्ष रूपमै जानकारी गराउनुपर्नेमा उनले जोड दिए । कृषिक्षेत्रको समग्र विकासका लागि स्रोतसाधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्त्वपूर्ण रहेको उनले बताए । स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने उनको विश्वास छ ।

महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने बाध्यताको अन्त्यका लागि अनलाइन फारमको व्यवस्था गरिएको बताए । उनले कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाट पनि भर्न मिल्नेगरी व्यवस्था मिलाइएको उनको भनाइ छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ थियो । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाटै काम गर्दा प्रभावकारी हुने उनको धारणा थियो । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिशका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र वर्गीकरण सहित प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्