ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुन्दर यातायातले सञ्चालनमा ल्यायो धुलिखेल–काठमाडौं विद्युतीय बस     

२०७७ असोज, १४  
समाचार
Image Not Found
फाइल फोटो

असोज १४, बनेपा । काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधवारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।

धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले धुलिखेल–काठमाडौं सेवा दिन थालेको हो ।     
     
नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चार ओटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने, ‘अबको केही दिनमा ३२ ओटा बस सञ्चालनमा आउने छन् ।’ प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।
     
बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्