ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल–अमेरिका टिफाको अतिप्रचार

२०७७ असोज, १५  
१० वर्ष अघि
NA

नेपाल–संयुक्त राज्य अमेरिका व्यापार एवं लगानी संरचना सम्झौता गर्ने उद्देश्यले नेपाली प्रतिनिधिमण्डल अहिले अमेरिकाको राजधानी वासिङटन डिसी पुगेर फर्किएको छ । वाणिज्य सचिव पुरुषोत्तम ओझाको नेतृत्वमा गएको सो टोलीमा व्यापारीहरूसमेत संलग्न थिए । उनीहरूको भ्रमणको प्रचारबाजीको स्तर हेर्दा टिफामा हस्ताक्षर भएपछि नेपाल अमेरिका व्यापार सम्बन्धका सबै समस्याहरू तत्काल समाधान भइहाल्छ भन्ने सन्देश प्रवाह भएजस्तो देखिन्छ । खासगरी, कुनै बेला नेपाली तयारी पोसाक उद्योगको प्रमुख बजार रहेको अमेरिका तयारी पोसाक, पश्मिना र गलैंचाको निर्यात सुरु हुने अपेक्षा अचानक बढाइएको छ ।

जहाँसम्म यी सम्झौताबाट नेपालललाई प्राप्त हुने लाभको कुरा छ, त्यसबारेमा भने अति महŒवाकांक्षी होइन, व्यावहारिक दृष्टिकोण राखिनु अपरिहार्य छ । यसका पछाडि कारणहरू छन् । पहिलो कुरा, टिफा अमेरिकी व्यापार र लगानीको भन्दा पनि अमेरिकी परराष्ट्र नीति सञ्चालनको एक औजारका रूपमा प्रयोग हुँदै आएको छ । दोस्रो, यसले गैरभन्सार अवरोधहरू मात्र हटाउने प्रस्ताव अघि सारेको छ । तेस्रो, नेपाल–अमेरिका सम्झौताको मस्यौदाको प्रस्तावनामा उल्लेख भएको बौद्धिक अधिकार संरक्षण र यसको तेस्रो दफाको उपदफा ३ मा उल्लेख भएको प्रविधि हस्तान्तरणको प्रवद्र्धनजस्ता प्रावधानहरूले अमेरिकी स्वार्थको पक्षपोषण गर्ने कुरा बुझ्न गाह्रो छैन । चौथो, यो सम्झौता विश्व व्यापार संगठनका प्रावधानहरूलाई ननाघ्ने प्रतिबद्धताका साथ हुने गरेको छ । अहिले नेपाली निर्यातका वस्तुहरूको निर्यात हुन नसक्दा विश्व व्यापार संगठनको प्रावधानअनुरूप कोटा प्रणालीको खारेजी हुनु मुख्य हो ।

(सम्पादकीयबाट)
वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्