ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लालीगुराँसले मनायो वार्षिकोत्सव

२०७७ असोज, १५  
बजार
NA

काठमाडौं (अस) । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २२ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुग्धजन्य पदार्थ बिक्री सुरु गरेको घोषणा गरे । संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दूध, दही, मोही, नौनी, घ्यु बिक्री वितरण सुरु गरेको हो । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठूलो गाई फाम स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप  सुविधा दिँदै जाने प्रतिबद्धता जनाएको छ ।

आजैबाट सञ्चालनमा ल्याएको एटिएम सेवाको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका हुन् । संस्थामा हाल झन्डै २१ हजार शेयर सदस्य छन् ।  ३ सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारीसमेत उपलब्ध गराएको छ । ०५६ देखि सञ्चालनमा आएको संस्थाले हाल सामाजिक उत्तरदायित्वअन्तर्गत मावि र कलेजका विद्यार्थीलाई छात्रवृत्ति, ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल, काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि/कलेज, चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत अन्य विभिन्न संघसंस्थामा लगानी गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्