ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बजेट अभावले सिद्धार्थ रंगशालाको काममा ढिलाइ

२०७७ असोज, १५  
प्रदेश ०५
NA

लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रंगशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकुद क्षेत्रका लागि गौरवको आयोजनाका रूपमा निर्माणाधीन रंगशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुनेछ । क्रिकेटका लागि अत्यन्त महŒवपूर्ण मैदानका रूपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम ९ वर्षअघि शुरू भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । ‘काठमाडौं बाहिर धेरै बजेट पाउने र राम्रो प्रगति हासिल गरेको सिद्धार्थ रंगशाला हो । तर छिटो सम्पन्न गर्न आवश्यक बजेट भने उपलब्ध छैन । यसैले अब एकैपल्ट टेन्डर गरी बहुवर्षीय योजनामा लगेर यसको निर्माण सक्नुपर्छ,’ उनले भने ।    

क्रिकेट मैदानमा अहिलेसम्म रू. ९ करोड ५९ लाख खर्च भइसकेको छ । २०६८ देखि शुुरू गरिएको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को न्यूनतम मापदण्डअनुरूप मैदान बनाउन कम्तीमा रू. ५० करोड लाग्ने उल्लेख छ । बजेट भने निकै कम उपलब्ध गराइँदै आएको छ । विसं २०७५ मा क्यानले गुरुयोजना बनाएको हो । गुरुयोजना आएपछि काममा विगतमा भन्दा गति लिएको छ । हरेक वर्ष बजेट थोरै आउने र ससाना काम गर्दा निर्माणमा ढिलाइ भएको अध्यक्ष मल्लले बताए ।

६ बिगाहामा निर्माणाधीन रंगशालाको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा रू. १ करोड बजेट छुट्याइएको छ । ‘एक करोड बजेट छ । काम धेरै छन् । के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

रंगशालामा विसं २०६८ मा रू. १ करोड १९ लाख खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्याउन ३ वर्ष लगाइयो । अहिलेसम्म प्याभेलियन भवनसहित रू. ८९ लाखमा मैदान सम्याउने काम, रू. ४० लाखमा तारजाली, रू. ९० लाखमा ढल व्यवस्थापन, रू. १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रूम, स्टोर र भवन मर्मत गरिएको छ । आव २०७६÷०७७ मा आएको रू. ४ करोड बजेटमा काठमाडौंको कुमार गिरी कन्ष्ट्रक्शनले रू. ३ करोडमा ठेक्का सम्झौता गरी हल, खेलाडी बस्ने ठाउँ, शौचालयसहितको तीनतले भीआईपी प्यारापिट निर्माण गरिरहेको छ । यही असोज मसान्तसम्म निर्माण सक्ने भनिए पनि कोरोना महामारीका कारण उक्त प्यारापिट निर्माण अझै चार–पाँच महीना लम्बिने साइट इञ्जिनीयर योगानन्द चौधरीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्