ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भोजपुरमा २ हजारभन्दा बढी घरेलु तथा साना उद्योग उद्योग दर्ता

२०७७ असोज, १५  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

भोजपुर । भोजपुरमा घरेलु तथा साना उद्योग दर्ता गरी व्यवसाय गर्नेको संख्या बढेको छ । सरकारले कृषि क्षेत्रमा प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै व्यवसायमा लाग्नेको संख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले बताएको छ । जिल्लाभर हालसम्म २ हजार १४७ साना तथा घरेलु उद्योग दर्ता भई  सञ्चालनमा छन् । गत आर्थिक वर्ष मात्र ३३४ ओटा उद्योग तथा फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिए ।

समुदायस्तरमा विभिन्न तालीमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्यम व्यवसाय गर्र्नेहरू बढेको उनको भनाइ छ । जिल्लामा साना तथा घरेलु सञ्चालित उद्योग व्यवसायबाट २ हजार २६९ पुरुष र १ हजार ८९१ महिलाले रोजगारी पाएको उनले बताए ।

दर्ता भएका फर्ममध्ये कृषि तथा वनजन्य वस्तुमा आधारित सबैभन्दा बढी रहेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा निजी फर्म ३२६, साझेदारी फर्म ६ र दुईओटा कम्पनी दर्ता भएका छन्, जसमा घरेलु उद्योग २, साना उद्योग ५५ र लघु उद्यम २७७ रहेका छन् । दर्ता भएकामध्ये उत्पादनमूलक ६, सेवामूलक ४३, कृषि तथा पशुपालनका २८१ र निर्माणका ४ रहेका छन् । सबैखाले उद्योगमा गरी २६६ जना पुरुष र ७२ जना महिला उद्यमी संलग्न रहेको कार्यालयले बताएको छ । गत आर्थिक वर्षमा जिल्लामा उद्योगमा रू. १९ करोड ५३ लाख ८५ हजार बराबर लगानी भएको कार्यालयको तथ्यांक छ ।

जिल्लामा धातुकला, कृषि तथा पशुपालन, पर्यटन, मौरीपालन, फलपूmलखेती तथा प्रशोधन, राडीपाखी तथा ऊन, ढाका, तयारी पोशाक, खुकुरी तथा कृषि औजार सम्बन्धी उद्योग बढी मात्रामा सञ्चालनमा छन् । कार्यालयले उद्यमशीलता विकासतर्फ ढाका बुनाइ, बाँसको फर्निचर बनाउने तालीम, हाउस वायरिङ, बेकरी, कुक, पशुपालन लगायत शीर्षकमा शीप विकास तालीम सञ्चालन गरेको छ, जसबाट १६३ जना लाभान्वित भएका छन् । त्यस्तै कार्यालयले १०६ जना लघु घरेलु तथा साना उद्यमीलाई आवश्यकता र सम्भाव्यताको आधारमा हाते मिल, मिनी टिलर, ब्रस कटर, चाफ कटर, डीप फ्रिज, ग्राइन्डर मेसिन लगायत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्