ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिरोका कारण गाउँ नै जोखिममा

२०७७ असोज, १५  
प्रदेश ०१
Image Not Found

खोटाङ (अस) । पहिरोका कारण खोटाङ ऐंसेलुखर्क गाउँपालिकाको सिंगो गाउँ नै जोखिममा परेको छ । गाउँपालिकाको वडा नं ४ जलेश्वरीका ११ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।

जलेश्वरीस्थित मावाका बस्तीभन्दा तलबाट शुरू भएको पहिरोले बस्ती नै उठाउनुपर्ने अवस्था सृजना भएको छ ।  गाउँपालिका प्रमुख विश्वनाथ निरौलाका अनुसार गाउँभन्दा माथि र तलबाट खनिएको सडकका कारण बस्तीको दुवैतिरबाट पहिरो गएकाले यहाँका घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।

वडाध्यक्ष नैनकुमार राईका अनुसार बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो जाँदा माथिल्लो क्षेत्रको बस्ती जोखिममा परेको छ ।

बस्तीभन्दा माथिको पहिरो गतवर्ष जालीसहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिए पनि दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जिल्लामा पहिरोका कारण मानवीय क्षति भने नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्