ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन देशको भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री

२०७७ असोज, १५  
अन्तरराष्ट्रिय
Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ तीनओटा देशको भ्रमणमा जाँदै छन् । तीन दिने भ्रमणको क्रममा अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नेछन् । पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जाने मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । टोकियोमा रहँदा अष्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरूसँग भेट्ने कार्यक्रम छ । अक्टोबर ७ मा मंगोलिया र ७ तथा ८ तारिखमा दक्षिण कोरियामा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तय भएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्