ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा कारखाना गतिविधि बढ्यो

२०७७ असोज, १५  
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । चीनको कारखाना गतिविधि बढेको छ । हालै भएका सर्वेक्षणका अनुसार सीमापार मागमा भएको वृद्धिसँगै सेप्टेम्बरमा कारखाना क्षेत्रको गतिविधि बढेका हुन् । यसले कोरोना भाइरसको कारण उत्पन्न आर्थिक झट्काबाट अर्थतन्त्र क्रमिक रूपमा पुनर्बहाली भइरहेको थप प्रमाण दिएको छ । आधिकारिक म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अगष्टमा ५१ अंकबाट बढेर सेप्टेम्बरमा ५१ दशमलव ५ अंकमा उक्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । सो अवधिमा सूचक ५१ दशमलव २ अंक रहने विश्लेषकहरूको अनुमान थियो । योसँगै सूचक लगातार ७ महीना पनि कुनै पनि आर्थिक क्षेत्रलाई वृद्धि र संकुचनबाट छुट्ट्याउने ५० अंकभन्दा माथि नै रहेको छ । सो अवधिमा नयाँ निर्यात अर्डर देखाउने उपसूचक ५० दशमलव ८ अंकमा रहेको छ । अघिल्लो महीना सूचक ४९ दशमलव १ अंक थियो । योसँगै निर्यात अर्डरमा विगत ८ महीनादेखि ओरालो लाग्ने क्रम रोकिएको छ । सेप्टेम्बरमा म्यानुफ्याक्चरिङ गतिविधि बढेको बुधवार नै सार्वजनिक भएको खाइसिन÷मार्किटको संयुक्त सर्वेक्षणले पनि देखाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्