ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेचीनगरमा १ अर्ब ५० करोड लगानीमा सञ्चालनमा आयो पाँचतारे होटल     

२०७७ असोज, १५  
प्रदेश ०१
Image Not Found

असोज १५, झापा । झापाको मेचीनगरमा रू.१ अर्ब ५० करोड लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ ।

बंगालादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्व-पश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।     
     
होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए ।     
     
चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रू.१ अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए ।

होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मलसमेत त्यही बनाइने बताइएको छ ।     
     
होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ ओटा सुविधासम्पन्न कोठाहरु छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा भने रू. १ अर्ब लगानी भएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्