ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साताको अन्तिम कारोबारको दिन पहिलो घण्टामा १३.२९ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ असोज, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव २९ अंकले बढेर १ हजार ५६३ दशमलव ७२ विन्दुमा पुगेको छ । 

१ हजार ५५३ दशमलव ९६ विन्दुबाट शुरु भएको बजार कारोबार शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८६ प्रतिशत बढेको छ ।

कारोबारको पहिलो घण्टामा ११ समूहको परिसूचक कारोबारमा आएको छ ।  जसमध्ये जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ । 

पहिलो घण्टाको अवधिमा १७१ ओटा कम्पनीको १० हजार ३३६ पटकको कारोबारमा २१ लाख ३ हजार ९०९ कित्ता शेयरको रू. ५१ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५ करोड ९० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २७५ मा कारोबार भइरहेको छ । 

कारोबारको पहिलो घण्टामा घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयरमूल्य बढ्ने दोस्रो कम्पनीमा कर्पोरेट डेभलपमेण्ट बैंक रहेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव ५८ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १८३ पुगेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्