ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारको मुख्यसचिव बने शंकरदास बैरागी

२०७७ असोज, १५  
समाचार
Image Not Found
फाइल फोटो

असोज १५, काठमाडौं । सरकारले शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। 

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । 


यसैगरी मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्तराज्य अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार छन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्