ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०७७ असोज, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं। नेपाली बजारमाा केहि सातादेखि उकालो लागेको सुनको मूल्यमा  बिहीवार भने   सामान्य गिरावट आएको छ।

अघिल्लो दिनको तुलनामा तोलामा रू.२०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार फाइन गोल्डको मूल्य प्रतितोला रू.९४ हजार ५०० र तेजावी गोल्डको मूल्य प्रतितोला रू.९४ हजारमा कारोबार भइरहेको छ ।

बुधवार भने अघिल्लो दिनका तुलनामा रू.५०० ले बढेर प्रतितोला रू. ९४ हजार ७०० मा कारोबार भएको थियो। बिहीवार चाँदीमा पनि सामान्य गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रू. १५ ले घटेर प्रतितोला रू.१ हजार १७५  मा कारोबार भइरहेको छ ।

 केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्