ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो घण्टामा नेप्से स्थिर, बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार (१ बजेको अपडेट) 

२०७७ असोज, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । बिहीवार दोस्रो घण्टामा नेप्से परिसूचक स्थिर रहेको छ । कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव २९ अंकले बढेको थियो भने दोस्रो घण्टामा १३ दशमलव ८७ अंकले बढेको छ ।

यस अवधिमा नेप्से शून्य दशमलव ८९ प्रतिशत बढेर १ हजार ५६४ दशमलव २९ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये वित्त, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ । 

दोस्रो घण्टाको अवधिमा १९० ओटा कम्पनीको २४ हजार २९७ पटकको कारोबारमा ५४ लाख १८ हजार ३८३ कित्ता शेयरको रू. १ अर्ब ४० करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारको दोस्रो घण्टामा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य  प्रतिकित्ता रू. १८३ कायम भएको छ ।

यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २७५ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ३६३ मा रू. ७ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्