ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५६८.८३ विन्दुमा नेप्से, ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि (२ बजेको अपडेट) 

२०७७ असोज, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । बिहीवार तेस्रो घण्टामा नेप्से परिसूचक १८ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेप्से १ दशमलव १९ प्रतिशत बढेर १ हजार ५६८ दशमलव ८३ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक १ दशमलव ४७ प्रतिशत घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

तेस्रो घण्टाको अवधिमा १९२ ओटा कम्पनीकोे रू. १ अर्ब ८९ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २७५ मा कारोबार भइरहेको छ । 

कारोबारको तेस्रो घण्टामा कामना सेवा विकास बैंकको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मल्टीपर्पस फिनान्सको ९ दशमलव ६०, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ५८ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्