ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा दिने सम्झौता

२०७७ असोज, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्न सकिने छ ।  

सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरीद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्