ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिग मार्टमा ई–सेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ %सम्म छूट पाइने योजना पुन : सूचारू

२०७७ असोज, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट पाइने योजना पुन : सूचारू भएको इसेवा फोनपे प्रालिले बताएको छ
। 
 डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा शुरू भएको उक्त योजना कोरोना महामारीका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै उक्त योजना पुन : सूचारु भएको हो । उक्त योजना अब असोज महीनाभर जारी रहने उक्त कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उक्त योजना बिगमार्टका ५० ओटै स्टोर्समा लागू रहने छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरीद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छूट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छूट पाइने छ । यस्तो छूट अधिकतम रू ३ सय सम्म पाइने पनि विज्ञग्यप्तिमा उल्लेख छ । 

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला ई–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना शुरू गरेका हुन् । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई–सेवामा हाल ५०ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्