ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू

२०७७ असोज, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं नेपाल धितोपत्र बोर्डले असोज १५ गतेदेखि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गरेको छ । 

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमत तथा व्यवस्थित गर्नका लागि यो व्यवस्था लागू गरेको हो । 

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’, ‘सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६’ मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न यो व्यवस्था लागू गरेको बोर्डले बताएको छ ।

 सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानी सुपरिवेक्षण म्यानुअल तयार गरिएको बोर्डको भनाइ छ । 

यो व्यवस्था धितोपत्र व्यवसायीको जोखिममा आधारित रहेको बोर्डले बताएको छ । धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग संकेत १ देखि ५ को बीचमा गर्ने व्यवस्था समेत यसमा गरिएको छ । 

त्यस्तै धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको, धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकनगर्दा धितोपत्र व्यवसायीले प्रदानगर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम, धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थासमेत म्यानुअलमा गरिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्