ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ५०९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७९ हजार ७२८ पुग्यो

२०७७ असोज, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । नेपालमा बिहीवार थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५०९ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल पीसीआर परीक्षण संख्या हालसम्म १० लाख ३३ हजार ९४७ पुगेको छ ।विगत २४ घण्टामा १२ हजार ४४४ ओटा पीसीआर परीक्षण गरिएको छ ।विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको भएर ९६१ जना घर फर्केका छन् । प्रवक्ता गौतमले कुल डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको बताए ।

हाल क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन्  । भेन्टिलेटरमा २५ जना संक्रमितको उपचार भइरहेको छ भने आईसीयूमा हाल २२० जना संक्रमित रहेका छन् ।   प्रवक्ता गौतमले कोरोनाबाट मृत्यु भएकामध्ये ५० प्रतिशत जेष्ठ नागरिक रहेको बताए ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं  जिल्लाका ८१७ जना, भक्तपुर जिल्लाका ५८ जना र ललितपुर जिल्लाका ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्